भारतीय अतिक्रमणलाई लिएर युएनका लागि अमेरिकी राजदूतलाई ज्ञापनपत्र
काठमाडौं, जेठ २६ : भारतले नेपालको भूमि अतिक्रमण गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने क्रममा गैरआवासीय नेपाली संघ, अमेरिकाज क्षेत्रले संयुक्त रा....

काठमाडौं, जेठ २६ : भारतले नेपालको भूमि अतिक्रमण गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने क्रममा गैरआवासीय नेपाली संघ, अमेरिकाज क्षेत्रले संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत केली क्राफ्टलाई ज्ञापनपत्र बुझाएको छ।
राष्ट्रसंघ सुरक्षा परिषद्को महत्वपूर्ण देश अमेरिकाको तर्फबाट राष्ट्रसंघको राजदूत केलीलाई ज्ञापनपत्र बुझाउँदा त्यसले विशेष महत्व राख्ने संघको बुझाइ छ। नेपालले हालै सार्वजनिक गरेको लिम्पियाधुरासहितको नक्सा समेत समावेश गरी संघले राजदूत केलीलाई ज्ञापनपत्र बुझाएको एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले जानकारी दिए।
लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र नेपालको भूमि भएको भनी प्रमाणित गर्ने आधारसहितका विभिन्न कागजातका कपीहरु र विगतमा नेपालले प्रचलनमा ल्याएको लिम्पियाधुरासमेत समावेश रहेको नक्सा अङ्कित एक सिक्काको कपीसमेत ज्ञापनपत्रमा संलग्न गराइएको क्षेत्रीय संयोजक त्रिपाठीले बताए।
साथै राजदूत केलीको राजनीतिक सल्लाहकारसँगसमेत अनलाइनल माध्यममार्फत अन्तर्क्रिया गरिएको त्रिपाठीले जानकारी दिए।











