क्वारेन्टाइनमा बसेका ४० जना क्वारेन्टाइनकै सामान चोरेर फरार
महोत्तरी, जेठ २७ : महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टाइनबाट सरसामान सहित ४० जना फरार भएका छन्।
भारतका विभिन्न शहरबाट आए....

महोत्तरी, जेठ २७ : महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टाइनबाट सरसामान सहित ४० जना फरार भएका छन्।
भारतका विभिन्न शहरबाट आएर १४–१५ दिनदेखि सम्सी– ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टाइनमा बस्दै आएका ४५ मध्ये ४० जनाले क्वारेन्टाइनमा उपयोगको लागि दिएको सामान लिएर भागेको क्वारेन्टाइन इन्चार्ज सुनिलकुमार यादवले बताए।
उनीहरु छिमेकी गैंढा, भेंटपुर, पोखरभिण्डा, संग्रामपुर र सम्सी गाउँका हुन्। उनीहरु क्वारेन्टाइनबाट भागेको जानकारी लिखित रुपमै गाउँपालिका, वडा कार्यालय र प्रहरीचौकी दिइसकिएको भए पनि अहिलेसम्म खोज्न कुनै पहल नभएको यादवले बताए।
प्रकाशित मिति: ११:४२ बजे, मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











