Kathmandu Press

कुन्ती मोक्तानले ल्याइन ‘सुन सुनौली’

काठमाडौं, जेठ २७ : गायिका कुन्ति मोक्तानले ‘सुन सुनौली’ गीत युट्युबमार्फत सार्वजनिक गरेकी छन्।

नेपाली लोकलय भाका गाउन मन पराउने ....

कुन्ती मोक्तानले ल्याइन ‘सुन सुनौली’

काठमाडौं, जेठ २७ : गायिका कुन्ति मोक्तानले ‘सुन सुनौली’ गीत युट्युबमार्फत सार्वजनिक गरेकी छन्।

नेपाली लोकलय भाका गाउन मन पराउने गायिका मोत्तानले यसपटक हुडकेली भाकामा सुन सुनौली ल्याएकी हुन्। यस गीतमा संगीतकार तथा रचनाकार शिलाबहादुर मोक्तानका शब्द रहेका छन्।

यस गीतको म्युजिक भिडियोलाई केशव कोइरालाले निर्देशन गरेका छन्। नृप केसीकोे कोरियोग्राफिलाई यस गीतको भिडियोमा देख्न सकिन्छ।

उनले केहि समय अघि फेसबुक पेजमार्फत आफना नयाँ तथा पुराना गीतबाट दर्शकलाई लाइभ प्रस्तुति दिएकी थिइन्।  

 

प्रकाशित मिति: १०:५७ बजे, मंगलबार, जेठ २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्