Kathmandu Press

युनाइटेडका लिजेन्ड टोनी डुनेको निधन

काठमाडौं, जेठ २७ : इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडका लिजेन्ड फुटबलर टोनी डुनेको निधन भएको छ।

रिपब्लिक अफ आयरल्यान्डका पूर्वराष्ट्रिय खेला....

युनाइटेडका लिजेन्ड टोनी डुनेको निधन

काठमाडौं, जेठ २७ : इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडका लिजेन्ड फुटबलर टोनी डुनेको निधन भएको छ।

रिपब्लिक अफ आयरल्यान्डका पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका युनाइटेडका लिजेन्ट डिफेन्डर डुनेको ७८ वर्षको उमेरमा सोमबार निधन भएको हो। आफ्ना लिजेन्डरी डिफेन्डर डुनेको निधनप्रति युनाइटेडले एक विज्ञप्ति निकाल्दै दुःख व्यक्त गरेको छ।

डुनेले युनाइटेडमा १३ वर्ष बिताएका थिए। सन् १९६८ पहिलो पटक युरोपियन कप जित्न डुने युनाइटेडका प्रमुख खेलाडी थिए।

सन् १९६० देखि १९७३ सम्म युनाइटेडबाट खेल्दा डुनेले पाँच उपाधि जितेका थिए। उनले युनाइटेडमा ५३५ खेल खेलेका थिए।

डुनेले इंग्लिस क्लब बोल्टन वोन्डर्स र उत्तर अमेरिकी सकर लिग क्लब डेट्रोइट एक्सप्रेसबाट पनि खेलेका थिए। उनले आयरल्यान्डको राष्ट्रिय टिमबाट ३३ खेल खेलेका थिए।

प्रकाशित मिति: १०:४३ बजे, मंगलबार, जेठ २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्