Kathmandu Press

लोकगायिका हरिदेवी कोइरालालाई गण्डकी नारी सम्मान

पोखरा, जेठ २७ : लायन्स क्लब अफ पोखरा गण्डकीले लोकगायिका हरिदेवी कोइरालालाई गण्डकी नारी सम्मान–२०७७ प्रदान गरेको छ।

लकडाउनमा भर्चुअल प्....

लोकगायिका हरिदेवी कोइरालालाई गण्डकी नारी सम्मान

पोखरा, जेठ २७ : लायन्स क्लब अफ पोखरा गण्डकीले लोकगायिका हरिदेवी कोइरालालाई गण्डकी नारी सम्मान–२०७७ प्रदान गरेको छ।

लकडाउनमा भर्चुअल प्रविधिको प्रयोग गरेर २५ हजार रुपैयाँसहित सम्मान गरिएको क्लबकी अध्यक्ष हीरा भट्टराईले बताइन्। 'अहिलेको अवस्थामा जमघट गरेर कार्यक्रम गर्न सम्भव भएन, त्यसैले क्लबका सदस्य र लिडरहरुको भर्चुअल उपस्थितिमा सम्मान गरेका हौँ,' उनले भनिन्।

Hardik ivf

यो क्लबको सातौँ सम्मान हो। हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पु¥याएका एक महिलालाई नगदसहित सम्मान गरिँदै आएको छ। अध्यक्ष भट्टराईले भर्चुअल माध्यमबाट सम्मानपत्र पढेर सुनाएकी थिइन्।

सम्मान कार्यक्रममा लायन्स क्लब अफ ३२५ बी–१ का गभर्नर इन्दु लम्सालले समय परिस्थिति अनुकूल नहुँदा पनि प्रविधिको प्रयोगमार्फत निरन्तरता दिएर सम्मान कार्यक्रम गर्नु सराहनीय भएको बताए। उनले लोकगायिका कोइरालाले नेपाली लोक संस्कृतिको विकासमा पु¥याएको योगदानको चर्चा गरेका थिए।

पूर्वगभर्नर धनराज आचार्यले समाजका हरेक गतिविधिमा सक्रिय महिला क्लबले कोरोनाबीच पनि फरक ढङ्गले सम्मान कार्यक्रम गरी उदाहरणीय कार्य गरेको बताए।

सम्मानित लोकगायिका कोइरालाले कोरोनाबीचको सम्मान जीवनकालको विल्कुल फरक र अविस्मरणीय रहेको धारणा राखिन्। सम्मानले लोक संस्कृति विकासमा निरन्तर लाग्ने प्रेरणा मिलेको उनको भनाइ थियो।

क्लबका ५५ सदस्य र आमन्त्रित व्यक्तित्वसहित भर्चुअल कार्यक्रममा को–चिफ एडभाइजर सुचित्रा थापा, लायन इन्दिरा बराल, शारदा पराजुली, साधना चालिसेलगायतले सम्मानित व्यक्तिलाई शुभकामना दिएका थिए।

प्रकाशित मिति: १०:२५ बजे, मंगलबार, जेठ २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्