Kathmandu Press

हालसम्म दुई लाख ५७ हजार ९६२ जनाको काेराेना परीक्षण

काठमाडौं, जेठ २६ : सरकारले आजसम्म जम्मा दुई लाख ५७ हजार ९६२ जनाको कोभिड–१९ परीक्षण गरेको छ। यो संख्या पीसीआर र आरडिटी विधिबाट गरिएको कूल परीक्षण....

हालसम्म दुई लाख ५७ हजार ९६२ जनाको काेराेना परीक्षण

काठमाडौं, जेठ २६ : सरकारले आजसम्म जम्मा दुई लाख ५७ हजार ९६२ जनाको कोभिड–१९ परीक्षण गरेको छ। यो संख्या पीसीआर र आरडिटी विधिबाट गरिएको कूल परीक्षणको संख्या भएको मन्त्रालयले जानकारी दिएको छ।

पीसीआर विधिबाट कूल एक लाख ९७१ व्यक्तिको परीक्षण गरिएको छ भने आरडिटीबाट एक लाख ५६ हजार ९९१ व्यक्तिको परीक्षण गरिएको आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। गत २४ घण्टामा पीसीआर विधिबाट चार हजार ७६६ र आरडिटी विधिबाट ११ हजार ९४२ गरी जम्मा १६ हजार ७०८ परीक्षण सम्पन्न भएको छ। हाल सातै प्रदेशमा गरी एक लाख ६६ हजार ६६८ जना क्वारेन्टाइनमा रहेका छन्। 

सरकारले प्रयोगशालाको दायरा बढाउन गजेन्द्रनारायण प्रादेशिक अस्पताल राजविराजमा प्रयोगशालाको स्थापना भएको छ। अब सोही अस्पतालबाट पीसीआर परीक्षण हुनेछ। यससँगै देशभरमा प्रयोगशालाको संख्या २१ पुगेको छ । विभिन्न अस्पतालका आइसोलेशनमा कूल तीन हजार २६० व्यक्ति उपचाररत रहेको डा गौतमले जानकारी दिए।

कोभिड–१९ का संक्रमित उपचारपछि डिस्चार्ज हुनेको संख्या आज २१ जना रहेको छ। यीमध्ये २० जना पुरुष र एक जना महिला छन्। आज डिस्चार्ज हुनेमा सबै १३ देखि ५२ वर्षसम्मका छन्। बाँकेस्थित खजुराबाट नारयणापुरका २० जना पुरुष डिस्चार्ज भएका छन्। उनीहरु १५ देखि २० दिनमा डिस्चार्ज भएका हुन्।

कोभिड–१९ युनिफाइड अस्पतालबाट २३ वर्षिया महिला पाँचौँ दिनमा अस्पताबाट डिस्चार्ज भएकी छिन्। यससँगै अहिलेसम्म ४८८ जनाले कोभिड–१९ लाई जितेका छन्। तीमध्ये ४१९ पुरुष र ६९ महिला छन्। कोभिड–१९ का संक्रमित बढ्दै गएपनि निको भएर घर फर्कनेका संख्या पनि बढ्दै गएको छ। आइतबार मात्रै १०२ जनाले कोभिड–१९ जितेर घर फर्केका थिए। 

प्रकाशित मिति: १९:३८ बजे, सोमबार, जेठ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्