Kathmandu Press

महोत्तरीमा क्वारेन्टाइनबाट घर फर्केको दुईदिनपछि एक पुरुषको मृत्यु

महोत्तरी, जेठ २६ : क्वारेन्टाइनबाट घर फर्किएको दुई दिनपछि एक पुरुषको मृत्यु भएको छ। महोत्तरीको गौशाला नगरपालिका–१० का ४० वर्षीय डोमी मण्डलको मृत....

महोत्तरीमा क्वारेन्टाइनबाट घर फर्केको दुईदिनपछि एक पुरुषको मृत्यु

महोत्तरी, जेठ २६ : क्वारेन्टाइनबाट घर फर्किएको दुई दिनपछि एक पुरुषको मृत्यु भएको छ। महोत्तरीको गौशाला नगरपालिका–१० का ४० वर्षीय डोमी मण्डलको मृत्यु भएको हो। 

उनी यही जेठ ६ गते हरियाणाबाट स्वदेश फर्किइ क्वारेन्टाइनमा बसेका थिए। उनलाई शनिबार कोरोना परीक्षण रिपोर्ट निगेटिभ आएपछि घर पठाइएको थियो। उनको क्वारेन्टाइनबाट घर फर्किएको दुई दिनमा मृत्यु भएको गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले मण्डलको मृत्यु कोरोना संक्रमणले नभई कालगतिले भएको बताए।

प्रकाशित मिति: १८:०४ बजे, सोमबार, जेठ २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्