Kathmandu Press

बाँकेका ६९ जना कोरोना जितेर घर फिर्ता

बाँके, जेठ २६ : बाँकेको नरैनापुरका थप २० जना कोरोना भाइरसलाई पराजित गरी घर फर्किएका छन्।

जानकी गाउँपालिकास्थित कृषि तालिम केन्द्रको आइसोलेशन....

बाँकेका ६९ जना कोरोना जितेर घर फिर्ता

बाँके, जेठ २६ : बाँकेको नरैनापुरका थप २० जना कोरोना भाइरसलाई पराजित गरी घर फर्किएका छन्।

जानकी गाउँपालिकास्थित कृषि तालिम केन्द्रको आइसोलेशन केन्द्रबाट नरैनापुर गाउँपालिकाका २० जना निको भएसँगै बाँकेमा कोरोनामुक्त हुनेको संख्या ६९ पुगेको स्वास्थ्य कार्यालय बाँकेका स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार नरैनापुर गाउँपालिका वडा नं १ का १, वडा नं ४ का ३ र वडा नं ३ का १६ गरी २० ले कोरोनालाई जितेर घर फर्किएका हुन्।

त्यस्तै आजसम्म खजुरास्थित आइसोलेशन अस्पतालबाट ३१, जानकीस्थित डेन्टल अस्पताल आइसोलेशन केन्द्रबाट २०, नेपालगञ्जस्थित डेन्टल अस्पताल आइसोलेशन केन्द्रबाट १२ र कोरोना आइसोलेशन अस्पताल बेलझुण्डी दाङबाट ६ जना निको भई घर फर्किएका छन्।

बाँकेमा सोमबार दिउँसोसम्म कोरोना संक्रमितको संख्या २७१ पुगेको छ ।

प्रकाशित मिति: १६:०७ बजे, सोमबार, जेठ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्