Kathmandu Press

माइभ्याली गोल्डकप : हिमालयन शेर्पा सेमिफाइनलमा

फिक्कल, फागुन २९ : हिमालयन शेर्पा क्लब इलाममा जारी पाँचाँै अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।....

माइभ्याली गोल्डकप : हिमालयन शेर्पा सेमिफाइनलमा

फिक्कल, फागुन २९ : हिमालयन शेर्पा क्लब इलाममा जारी पाँचाँै अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज ठूलो टुँडीखेलमा भएको खेलमा प्रतियोगिताको साविक विजेता थ्री स्टार क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। 

थ्री स्टार क्लबका कप्तान अनिल गुरुङले १३औँ मिनेटमा पहिलो गोल गरेका थितए। हिमालयन शेर्पा क्लबका विजय श्रेष्ठले १९औँ मिनेटमा गोल गरी खेललाई बराबरीमा पुर्याए । मध्यान्तरपछि हिमालयन शेर्पाका त्रिदेव गुरुङ तथा सुनिल खड्काले गोल गरे । खेलको म्यान अफ दी म्याच हिमालयन शेर्पाका उल्रिस सिवे घोषित भए । उनले रु १० हजार र ट्रफी प्राप्त गरे । बिहीबार दिउँसो ३ बजे दाउफिन्स क्लब क्यामरुन र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति: २१:४८ बजे, बुधबार, फागुन २९, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्