Kathmandu Press

विद्युत प्राधिकरणका रङ्गेली वितरण केन्द्रका हेल्परविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं, जेठ २६ : नेपाल विद्युत प्राधिकरण मोरङको रङ्गेली वितरण केन्द्रका तत्कालीन हेल्पर (म्यादी) अरुणकुमार गुरुङ भ्रष्टाचार मुद्दा दायर भएको छ।

....

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार करिब ९ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै गुरुङविरुद्ध मुद्दा दायर गरेको हो। गुरुङले उक्त केन्द्रको एउटा आय काउण्टरमा रहँदा ग्राहकसँग संकलन गरेको महसुल हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ।

ग्राहकले बुझाइसकेको विद्युत महसुलबाट आव ०६८/०६९ र २०६९/०७० मा हिनामिना गरेको कारणले उनीमाथि मुद्दा दर्ता भएको अभियोग पत्रमा उल्लेख छ। 

रिबेट तथा थप दस्तुरसहितको महसुल रकम ८ लाख ७३ हजार ५४२ रुपैयाँ हिनामिना गरेको भन्दै अख्तियारले विषेश अदालतमा दर्ता गरेको अभियोग पत्रमा उल्लेख छ। उनलाई सोही बराबरको बिगो र कैदको समेत माग गरी भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

प्रकाशित मिति: १५:२२ बजे, सोमबार, जेठ २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्