Kathmandu Press

फिल्ममा देखिँदै क्रिकेटर हरभजन सिंह

काठमाडौं, जेठ २६ : भारतीय क्रिकेटर हरभजन सिंह अब फिल्ममा पनि देखिने भएका छन्। उनको डेब्यू फिल्म तयार भएको छ।

तमिल भाषामा बनेको फिल्म फ्रेन्ड....

फिल्ममा देखिँदै क्रिकेटर हरभजन सिंह

काठमाडौं, जेठ २६ : भारतीय क्रिकेटर हरभजन सिंह अब फिल्ममा पनि देखिने भएका छन्। उनको डेब्यू फिल्म तयार भएको छ।

तमिल भाषामा बनेको फिल्म फ्रेन्डसिपमा हरभजन डेब्यू गर्न लागेका हुन्। उनले यसको फस्टलुक सार्वजनिक गरेका छन्।

Hardik ivf

उनले तमिल भाषामै लेखेर यस फिल्मको फस्टलुक ट्वीटरमार्फत सार्वजनिक गरेका छन्। यसमा उनीसँगै श्रीलंकन अभिनेत्री लासिया कोलिवुड देखिनेछिन्। उनको पनि यो भारतमा डेब्यू फिल्म हो। यसमा अर्जुन सर्जाको पनि अभिनय रहेको छ।

फ्रेन्डसिपको निर्देशन जान पाल राय र शाम सूर्याले गरेका छन्।

हरभजनले फस्टलुक ट्वीट गरेसँगै सचिन तेन्दुलकरले पनि खुशी जनाएका छन्। उनले ट्वीट गर्दै फिल्म हेर्ने बताएका छन्।

प्रकाशित मिति: १३:३९ बजे, सोमबार, जेठ २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्