Kathmandu Press

कम्बलले ढाकेको शव बसपार्कमा भेटिएपछि...

सुर्खेत, जेठ २६ : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कमा एक जनाको शव भेटिएको छ। कम्बल ओढाएर राखिएको शव स्थानीयले भेटेपछि तत्काल प्रह....

कम्बलले ढाकेको शव बसपार्कमा भेटिएपछि...
प्रतिकात्मक तस्बिर

सुर्खेत, जेठ २६ : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ स्थित बसपार्कमा एक जनाको शव भेटिएको छ। कम्बल ओढाएर राखिएको शव स्थानीयले भेटेपछि तत्काल प्रहरीलाई खबर गरे।

स्थानीयको सुचनापछि बसपार्कमा पुगेको प्रहरीले शवबारे अनुसन्धान सुरु गर्यो। कम्बलले ढाकेको शव त्यहाँ कसरी आइपुग्यो ? कसले छोड्यो ? कहाँ लगिँदै थियो र कस्तो खालको बिरामी थियो? भन्ने कुरा प्रहरीले खोजी गर्‍यो। प्रहरीले खोजी गर्दै जाँदा मृतकसँगै भारतबाट आएका दुईजनालाई भेटेको छ। उनीहरु गुराँस गाउँपालिका–२ दैलेखका रहेछन्। 

'मृतक गुराँस गाउँपालिका–२ दैलेखका ४२ वर्षीय लखन नेपाली रहेछन्,' जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले भने, 'मृतकसँगै आएका दुईजनाका अनुसार नेपाली भारतको गढवालमा गाडीबाट लड्दा घाइते भएका रहेछन्।' मृतकका आफन्तले घाइते उनलाई नेपालगञ्जसम्म बसमा ल्याएको र त्यहाँदेखि एम्बुलेन्स चढाएर सुर्खेत ल्याएको बुझिएको उनले बताए।

राति कतिबजेतिर सुर्खेत पुर्‍याएर एम्बुलेन्सले छोड्यो र फिर्ता भयो त्यो स्पष्ट जानकारी नभएको प्रहरी निरीक्षक रायमाझीले बताए। उनका अनुसार मृतकको विषयमा गुराँस गाउँपालिकाका जनप्रतिनिधिलाई खबर गरिएको छ। नेपालीको शवलाई शववाहन व्यवस्था गरेर दैलेख पठाउन थालिएको उनले बताए।

यता स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले मृतक नेपालीका बारेमा स्पष्ट जानकारी नभएको बताउँदै घटनाको सम्बन्धमा बुझ्ने र उनीसँग भारतबाट आएका दुईजनाका बारेमा बुझेर काम कारवाही अगाडि बढाउने जानकारी दिए।रासस

प्रकाशित मिति: १२:२७ बजे, सोमबार, जेठ २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्