Kathmandu Press

भारतीय अभिनेता चिरञ्जीवी सर्जाको ३९ वर्षमा निधन

काठमाडौं, जेठ २६ : भारतीय लोकप्रिय अभिनेता चिरञ्जीवी सर्जाको ३९ वर्षको उमेरमा निधन भएको छ । उनको हृदयघातबाट मृत्यु हो।

कर्नाटकाका मुख्यमन्त्....

भारतीय अभिनेता चिरञ्जीवी सर्जाको ३९ वर्षमा निधन

काठमाडौं, जेठ २६ : भारतीय लोकप्रिय अभिनेता चिरञ्जीवी सर्जाको ३९ वर्षको उमेरमा निधन भएको छ । उनको हृदयघातबाट मृत्यु हो।

कर्नाटकाका मुख्यमन्त्री बीएस येदुरप्पाले ट्वीट गर्दै उनको निधन भएको जनाएका छन्। उनले लेखेका छन्, ‘लोकप्रिय कन्नाडा कलाकार चिरञ्जीवी सर्जाको निधन भएको खबले स्तब्ध भएको छु। उनलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारलाई यस दुःखको घडीमा धैर्यधारण गर्ने शक्तिको कामना गर्दछु।’

Hardik ivf

उनले अभिनित ‘ह्विसल’, ‘वरादानायका’लगायत दक्षिण भारतका चर्चित सिनेमामा हुन्। यसको साथै ‘अम्मा आई लभ यु’लगायत २० वटा फिल्ममा उनको मुख्य भूमिका रहेको थियो।

उनी सन् २०१८ मा अभिनेत्री मेघना राजसँग वैवाहिक जीवनमा बाँधिएका थिए।

प्रकाशित मिति: ११:४२ बजे, सोमबार, जेठ २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्