हिमानी ट्रष्टद्वारा स्वास्थ्य सामग्री सहयोग
काठमाडौं, जेठ २५ : हिमानी ट्रष्ट काठमाडौंले धनगढी उपमहानगरपालिकालाई आज स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। ट्रष्टका सदस्य तेजबहादुर सिंह ....

काठमाडौं, जेठ २५ : हिमानी ट्रष्ट काठमाडौंले धनगढी उपमहानगरपालिकालाई आज स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। ट्रष्टका सदस्य तेजबहादुर सिंह र तपराज जोशीले उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।
ट्रष्टले एक सय थान पीपीई, दुई हजार ५०० सर्जिकल मास्क, दुई हजार ५०० थान ग्लोब्स, एक लाख रुपैयाँ बराबरको साबुन तथा एक लाख रुपैयाँ बराबरको पानी हस्तान्रण गरेको छ । नगरप्रमुख वडले ट्रष्टले आपत्कालिक अवस्थामा सहयोग गरिएको प्राप्त स्वास्थ्य सामग्री आवश्यकताका आधारमा प्रयोग गरिने बताए।
प्रकाशित मिति: १८:३८ बजे, आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











