नक्कली डाक्टरको उपाधि लिएका ओलीको सरकारले नक्कली बजेट ल्यायो : अमरेशकुमार सिंह
काठमाडौं, जेठ २५ : नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट नक्कली भएको टिप्पणी गरेका छन्।&nbs....

काठमाडौं, जेठ २५ : नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट नक्कली भएको टिप्पणी गरेका छन्।
आइतबार प्रतिनिधीसभामा विनियोजन विधेयक माथिको छलफलमा भाग लिँदै उनले विदेश जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न निकायले दिलाएको विद्यावारिधी लिए जस्तै अहिलेको बजेट नक्कली भएको टिप्पणी गरेका छन्।
ओलीले क्रोयसिया, भारत, नाचघरलगायतबाट डिग्री लिएको भन्दै सरकारले चकलेटमा भन्सार छुट दिने तथा विद्युतीय गाडीमा भन्सार बढाउने काम गर्नु गलत भएको सिंहले बताए।
‘कृषि औजार कारखानाको वाहवाही भयो, वीरगञ्ज चिनी कारखाना कांग्रेसले निजीकरण गरेको थियो अहिले त्यस्तै अवस्था छ। अहिले सरकारी विद्यालयलाई निजीलाई जिम्मा दिने कुरा गरेपछि अव शिक्षामा सरकारी भवन मात्रै बाँकी रहन्छ। भवन र जग्गा पनि नरहन सक्छ। त्यो पनि निजीले दर्ता गराइहाल्छ। बालुवाटारको जग्गा जस्तो,’ उनले भने।











