Kathmandu Press

सदनमा व्यक्तिगत आरोप प्रत्यारोपतिर नजाऔँ : सभामुख

काठमाडौं, जेठ २५ : सभामुख अग्निप्रसाद सापकोटाले सांसदलाई सदनमा बोल्ने क्रममा व्यक्तिगत टीकटिप्पणी र आरोपप्रत्योरोपतिर नजान ध्यानाकर्षण गराएक....

सदनमा व्यक्तिगत आरोप प्रत्यारोपतिर नजाऔँ : सभामुख

काठमाडौं, जेठ २५ : सभामुख अग्निप्रसाद सापकोटाले सांसदलाई सदनमा बोल्ने क्रममा व्यक्तिगत टीकटिप्पणी र आरोपप्रत्योरोपतिर नजान ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय जनता पार्टीकी चन्दा चौधरीले यही जेठ १९ गतेको बैठकमा एक सांसदले गरेको गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै सो विषय रेकर्डबाट हटाउन माग गरेपछि सभामुखले सो आग्रह गरेका हुन्।

सभामुखले उक्त विषयका बारेमा सबै विवरण लिई कार्यव्यवस्था समितिमा राखेर छलफल गरिने जनाउँदै  त्यस सम्बन्धमा रुलिङ भइसकिएकाले प्रवेश नगर्न आग्रह गरे। साथै उनले वर्तमान संकटमा पनि सदन चलाएर राष्ट्रिय महत्वका विषयमा निष्कर्षतिर गइरहेका बेलामा व्यक्तिगत टीकाटिप्पणी र आरोपप्रत्योरोपतिर नजान अनुरोध गरे।

सांसद चन्दा चौधरीले सदनमा हिन्दी भाषामा बोलेका आधारमा भारतीय चेली भनेर गरिएको टिप्पणीप्रति आपत्ति प्रकट गर्दै संसद् नियमावलीमा नै आफूलाई सहज हुने भाषामा सदनमा बोल्न पाउने व्यवस्था रहेको बताएकी थिइन्।

प्रकाशित मिति: १५:२९ बजे, आइतबार, जेठ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्