Kathmandu Press

आजदेखि सुनचाँदी कारोबार खुल्ला

काठमाडौं, जेठ २५ : गत चैत ८ गतेदेखि बन्द रहेको सुनचाँदीको कारोबार आइतबारबाट खुलेको छ।

आइतबार छापावाल सुन प्रति तोला ८७ हजार ४०० रुपैयाँ तय भ....

आजदेखि सुनचाँदी कारोबार खुल्ला

काठमाडौं, जेठ २५ : गत चैत ८ गतेदेखि बन्द रहेको सुनचाँदीको कारोबार आइतबारबाट खुलेको छ।

आइतबार छापावाल सुन प्रति तोला ८७ हजार ४०० रुपैयाँ तय भएको छ। तेजावी सुनको मूल्य ८६ हजार ९६० रुपैयाँ तोकिएको छ।

लकडाउन अघि सुनको मूल्य प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानी बढेपछि सरकारले बजेटमार्फत भन्सार दर थपेको थियो।

त्यस्तै चाँदीमा प्रति तोला दुई सय रुपैयाँ मूल्य बृद्धि भएको छ। आइतबार नेपाल सुन चाँदी ब्यवसायी महासंघले चाँदीको मूल्य प्रतितोला ९२५ रुपैयाँ तोकेको छ। 

प्रकाशित मिति: १३:५० बजे, आइतबार, जेठ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्