Kathmandu Press

‘क्वारेन्टाइन जेल र गोठ जस्तो भए’

काठमाडौं, जेठ २५ : राष्ट्रियसभाको बैठकमा बोल्ने सांसदले कोरोना भाइरसको जोखिमबाट नागरिकलाई बचाउनका लागि क्वारेन्टाइन व्यवस्थित रुपमा सञ्चालन गर्न सरकार....

‘क्वारेन्टाइन जेल र गोठ जस्तो भए’

काठमाडौं, जेठ २५ : राष्ट्रियसभाको बैठकमा बोल्ने सांसदले कोरोना भाइरसको जोखिमबाट नागरिकलाई बचाउनका लागि क्वारेन्टाइन व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आजको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खिमलाल भट्टराईले क्वारेन्टाइन व्यवस्थित हुन नसकेको हुँदा त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए। 

'क्वारेन्टाइन व्यवस्थित हुन सकेको छैन, पुलिसका हिरासत, जेलजस्ता भए”, सत्तापक्ष नेकपाका प्रमुख सचेतक भट्टराईले भने, “क्वारेन्टाइन शौचालय, सामाजिक दूरी कायम गरी बस्ने व्यवस्था, पीसीआर परीक्षण, मास्क, सेनिटाइजरयुक्त हुनुपर्छ।' उनले गर्मीको मौसम भएको हुँदा तराईमा झुलको व्यवस्था गर्न पनि माग गरे।

'क्वारेन्टाइनलाई नै आइसोलेशन वार्ड बनाउनुपर्ने अवस्थामा उपचारलाई अझ ध्यान दिएर भेन्टिलेटर बढाउनु जरुरी छ,' सांसद भट्टराईले भने, 'राहतको सन्दर्भमा सरकारले सही निर्णय गरेको छ, स्थानीय तहले राहतलाई व्यवस्थापन गर्ने कुरामा ध्यान दिइरहेको छ, भोकै मर्ने अवस्था आउनु हुँदैन।'

उनले स्थानीय तहका जनप्रतिनिधिलाई मानवीय कामका लागि कसैको पनि आदेश वा निर्देशन जरुरी नपर्ने जनाउँदै  क्वारेन्टाइनमा बसेकाहरुका लागि भोकबाट बचाउनुपर्नेमा जोड दिए। सांसद भट्टराईले  रोजगारी गुमाएर अलपत्र परेकालाई स्वदेश ल्याउने काम स्वागतयोग्य छ भन्दै तिनको उचित व्यवस्थापन गर्न सरकार चुक्न नहुने बताए। 

उनले खेतीपातीको मौसम शुरु भएको हुँदा मल र बीउको समस्या हुन नदिन ध्यानाकर्षण गराउँदै दूध, तरकारी र फलफूल बजारमा पु¥याउन ध्यान दिनुपर्ने माग गरे। सांसद भट्टराईले एसइई र दशजोड दुईको परीक्षा सम्बन्धित विद्यालयबाट दिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराए। उनले गणतन्त्र, सार्वभौमसत्ता र स्वाधीनतामाथिको प्रहार रोक्न सबै लाग्नुपर्नेमा पनि जोड दिए।

प्रकाशित मिति: १३:३९ बजे, आइतबार, जेठ २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्