Kathmandu Press

आजदेखि मौसममा सुधार हुँदै जाने 

काठमाडौं, जेठ २५ : केही दिन यतादेखि न्यून चापीय प्रणालीबाट प्रभावित मौसम आजदेखि सुधार हुँदै जाने भएको छ। सो प्रणाली पश्चिमी भूभागबाट बाहिरिने क्रम शुर....

आजदेखि मौसममा सुधार हुँदै जाने 

काठमाडौं, जेठ २५ : केही दिन यतादेखि न्यून चापीय प्रणालीबाट प्रभावित मौसम आजदेखि सुधार हुँदै जाने भएको छ। सो प्रणाली पश्चिमी भूभागबाट बाहिरिने क्रम शुरु भएकाले क्रमशः सुधार हुँदै जाने मौसमविद् मीनकुमार आर्यालले जानकारी दिए।

हाल देशको प्रदेश नं ५, कर्णाली , गण्डकी , वाग्मती प्रदेश, प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही प्रदेश नं १ तथा प्रदेश ५ र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम सामान्यतया सफा रहेको छ। 

आज दिउँसो देशका धेरैजसो स्थानमा सामान्य बदली भई प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थानका साथै कर्णाली तथा सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ का एक–दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव दुई डिग्री र अधिकतम तापक्रम २६ दशमलव दुई डिग्री सेल्सियस रहेको छ। त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ११ दशमलव नौ डिग्री सेल्सियस र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ३३ दशमलव छ डिग्री सेल्सियस रहेको छ।

प्रकाशित मिति: १३:०६ बजे, आइतबार, जेठ २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्