Kathmandu Press

दाङको कोरोना विशेष अस्पतालबाट १० जना डिस्चार्ज

काठमाडौं, जेठ २५ : दाङको कोरोना विशेष अस्पतालले १० जना कोरोना संक्रमितलाई डिस्चार्ज गरेको छ। 

अस्पतालबाट डिस्चार्ज हुनेहरुमा बाँकेका ५ ....

दाङको कोरोना विशेष अस्पतालबाट १० जना डिस्चार्ज

काठमाडौं, जेठ २५ : दाङको कोरोना विशेष अस्पतालले १० जना कोरोना संक्रमितलाई डिस्चार्ज गरेको छ। 

अस्पतालबाट डिस्चार्ज हुनेहरुमा बाँकेका ५ जना, कपिलवस्तुका दुईजना, दाङका दुईजना र बर्दियाका एक जना रहेका छन्।

डिस्चार्ज भएका मध्ये केहीको कोरोना रिपोर्ट नेगेटिभ आएको र केहीलाई कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै अस्पतालले डिस्चार्ज गरेको हो।

बाँकेका २, दाङका एक, कपिलवस्तुका एक र बर्दियाका एक जनाको तेस्रो रिपोर्ट भने नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। 

त्यस्तै अन्य पाँच संक्रमितलाई अस्पतालमा राखेको २२ दिनसम्म कुनै लक्षण नदेखिएपछि सरकारको परिपत्रका आधारमा डिस्चार्ज गरिएको हो।

प्रकाशित मिति: १२:३५ बजे, आइतबार, जेठ २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्