उदयपुरका तीन जनामा कोरोना संक्रमण
काठमाडौं, जेठ २५ : उदयपुरका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा तीन ....

काठमाडौं, जेठ २५ : उदयपुरका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमितहरु स्थानीय क्वारेन्टाइनमा बस्दै आएका बेलका नगरपालिकाका २ जना र चौदण्डीगढी नगरपालिकाका एक जना रहेका छन्।
संक्रमितमध्ये चौदण्डीगढी नगरपालिकाका एक जना १५ दिन अघि काठमाडौंबाट उदयपुर पुगेका थिए।
एक महिना अघि गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो। उदयपुरबाट अतिआवश्यक कामको लागि काठमाडौं पुगेर फर्किएपछि उनलाई स्थानीयको सुझाव अनुसार नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो।
क्वारेन्टाइनमा १४ दिन राखेर घर पठाउनु अघि स्वाब परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो।
उनीहरुलाई अस्पताल लैजाने तयारी भइरहेको छ।











