Kathmandu Press

सर्वाधिक कमाइ गर्ने सेलिब्रेटीमा २२ वर्षीया केली

काठमाडौं, जेठ २५ : सन् २०२० मा सबैभन्दा बढी कमाइ गर्ने सेलिब्रेटी टिभी स्टार केली जनर बनेकी छन्। फोब्र्स म्यागजिन गरेको सर्वेक्षणमा सर्वाधिक कमाइ गर्न....

सर्वाधिक कमाइ गर्ने सेलिब्रेटीमा २२ वर्षीया केली
एजेन्सी

काठमाडौं, जेठ २५ : सन् २०२० मा सबैभन्दा बढी कमाइ गर्ने सेलिब्रेटी टिभी स्टार केली जनर बनेकी छन्। फोब्र्स म्यागजिन गरेको सर्वेक्षणमा सर्वाधिक कमाइ गर्ने सेलिब्रेटीको सूचिको अग्रस्थानमा केली परेकी हुन्। 

रियालिटी टिभि स्टार केलीको भविष्यका बारेमा प्रश्न गरिँदै आएको छ। तथापी विशेषज्ञले गरेका मूल्यांकन अनुसार उनले आफ्नो कस्मेटिक फर्मको ५१ प्रतिशत बिक्री गरेर कर बुझाउन अघि ४५० मिलियन डलर कमाइ गरेकी थिइन्। अहिले भने ५९० मिलियन डलर रहेको जनाएको छ।

Hardik ivf

यद्यपि केली यो सूचिको शीर्षस्थानमा आउनुभन्दा एक दिन अघि फोब्र्सले उनको वेब अफ लाइज र उनी किन दिर्घकालीन बिलिनियर हुन सक्दिन् भनेर एक लेख प्रकाशित गरेको थियो । यो लेख प्रकाशनपछि केलीले धनाड्य कलाकारको सूचिमा शीर्षस्थान हासिल गरेकी हुन् ।

कतिले भने २२ वर्षीय उनले आफ्नो सौन्र्दय प्रसाधन कम्पनीको मूल्यमा वृद्धि गराएको बताएका छन् । उनले अर्बपतिको सूचिमा आउनका लागि करसम्बन्धी कागजात समेत फेरबदल गरेको आरोप लगाएका छन्। उनले भने यस आरोपको खण्डन गरेकी छन्।

उनको भाइ रैपर कान्ये वेस्टले रनडाउनमा १७० मिलियन डलरसहित दोस्रो स्थान हासिल गरेका छन् । एडिडाससँगको उनको याजी स्निीकर्सनै कमाइको स्रोत हो। अब भने उनको कमाई नै संगीतबाट भएको बताइएको छ।

सर्वाधिक कमाइ गर्ने सेलिब्रेटीको सूचिमा तेस्रो स्थानमा १०६.३ मिलियन डलरसहित टेनिस स्टार रोजर फेडरर रहेका छन् । त्यस्तै १०५ मिलियन डलरमा फुटबल स्टार क्रिस्टियानो रोनाल्डो छन्। पाँचौ स्थानमा एफसी बार्सिलोनाको खेलाडी लियोनेल मेस्सी रहेका छन्। उनको कामाइ १०४ मिलियन डलर रहेको छ।

शीर्ष १० अन्तर्गत छैटौं स्थानमा अभिनेता तथा फिल्म निर्माता टायलर पेरी ९७ मिलियन डलर, सातौं स्थानमा ब्राजिलका फुटबलर नेयमार ९५.५ मिलियन डलर, आठौं स्थानमा रेडियोकर्मी जक हावर्ड ९० मिलियन डलर रहेको छ ।

यस्तै, नवौं स्थानमा बास्केटबल आइकन लेब्रोन जेम्स ८८.२ मिलियन डलर र दशौं स्थानमा  एक्सन हिरो डवेन ‘द रक’ जोनशन ८७.५ मिलियन डलरसहित सूचिमा परेका छन् ।

प्रकाशित मिति: ११:४४ बजे, आइतबार, जेठ २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्