सरकारले प्रदेश २ लाई भेदभाव गर्यो, सर्वोच्च जान्छौं : सांसद यादव
काठमाडौं, जेठ २४ : समाजवादी पार्टीका सांसद प्रदीप यादवले सरकारले प्रदेश २ लाई बजेट नदिएको आरोप लगाएका छन्।
शनिबार प्रतिनिधिसभा बैठकमा ....

काठमाडौं, जेठ २४ : समाजवादी पार्टीका सांसद प्रदीप यादवले सरकारले प्रदेश २ लाई बजेट नदिएको आरोप लगाएका छन्।
शनिबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै सांसद यादवले संघीय सरकारले बजेट वितरणमा षडयन्त्र गरेको आरोप लगाएका हुन्।
‘बजेट बाँडफाँडमा सन्तुलन भएन भने सर्वोच्च अदालतमा मुद्दा हाल्छौं। सुरुदेखि नै सरकारले प्रदेश २ लाई विभेद गरिरहेको छ,’ उनले भने। सांसद यादवले प्रदेश २ का सरकार फेल गर्न छानीछानी कर्मचारी संघले नै लगाउने गरेको उनको आरोप छ।
उनले कि प्रदेशलाई कर्मचारी नियुक्त गर्ने अधिकार देऊ कि काम लाग्ने कर्मचारी पठाउन माग समेत गरेका छन्। प्रदेश २ मा गरिबी दर बढी भए पनि बजेट बाँडफाँडमा विभेद गरिएको उनले बताए।
सांसद यादवले प्रदेश २ मा संघले बजेट दिन नखोजेको कि बाँडफाँडमा फर्मुला नमिलेको भन्ने प्रश्न अर्थमन्त्रीलाई गरे। ८९ प्रतिशत बजेट केन्द्रमा र ११ प्रतिशत प्रदेश तथा स्थानीय तहमा राखेर संघीयता विरोधी बजेट सरकारले ल्याएको उनको आरोप छ।











