Kathmandu Press

सरकारसामू चुनौतीका चाङ छन्, उच्चस्तरमा समन्वय आवश्यक छ : विष्ट 

काठमाडौं, जेठ २४ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोकर्ण विष्टले सरकारसामू चुनौतीका चाङ रहेको बताएका छन्। 

श....

सरकारसामू चुनौतीका चाङ छन्, उच्चस्तरमा समन्वय आवश्यक छ : विष्ट 

काठमाडौं, जेठ २४ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोकर्ण विष्टले सरकारसामू चुनौतीका चाङ रहेको बताएका छन्। 

शनिबार बजेटमाथिको दफाबार छलफलमा भाग लिँदै उनले सरकार चुनौतीको सामना गर्न उच्चस्तरमा समन्वय गरेर अघि बढ्नुपर्ने बताएका हुन्। 

उनले कृषि उत्पदानलाई आत्मनिर्भर बनाउन, औद्योगिक उत्पादनलाई प्राथमिकता दिन र उत्पादनमा आत्मनिर्भर बनाउन सरकारले ध्यान दिनु पर्ने बताए।  

‘कृषि उत्पादनमा रोजगारीका सम्भावना छ। कृषि उत्पादनमा आत्मनिर्भर बनाउने, औद्योगिक उत्पादनलाई प्राथमिकता दिने, उत्पादनमा आत्मनिर्भर बनाउने कुरामा ध्यान दिन जरुरी छ। यहाँको उत्पादनलाई संरक्षण दिन सकेनौँ भने न रोजगारीको अवसर सिर्जना हुन्छ न देशको राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सकिन्छ। यसतर्फ गम्भीर ढङ्गले काम गर्न जरुरी छ,’ उनले भने।

केन्द्र, प्रदेश र स्थानीय तह र विभिन्न मन्त्रालयबीच समन्वय गरेर अघि बढ्नु पर्नेमा विष्टले जोड दिए।
 
प्रकाशित मिति: १३:२२ बजे, शनिबार, जेठ २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्