Kathmandu Press

सरकारले जनताको दु:ख देखेन : मिनेन्द्र रिजाल

काठमाडौं, जेठ २४ :  नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले जनताका दुःख सरकारले नदेखेको बताएका छन्। 

शनिबारको प्रतिनिधिसभा बैठकम....

सरकारले जनताको दु:ख देखेन : मिनेन्द्र रिजाल
फाइल

काठमाडौं, जेठ २४ :  नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले जनताका दुःख सरकारले नदेखेको बताएका छन्। 

शनिबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता रिजालले खर्च कटौतीको प्रस्ताव राख्दै सरकारमा बसेकाहरूले जनताको दुःख नदेखेको बताएका हुन्। उनले जनता कोरोना महामारीमा रहेका बेला सरकार कार्पेट व्यवस्थापनमा जुटेको आरोप लगाए।

विदेशम रहेका नेपाली स्वदेश कसरी पुग्ने र स्वदेशका नेपाली कोरोनाबाट कसरी उम्कने भनिरहेका बेला सरकार कसरी कार्पेट व्यवस्थापन गर्न सकिन्छ भनेर लागि परेको रिजालको भनाइ छ। उनले सत्तारूढ दलका नेताहरू सत्ता सम्भावनाको खेलमा रमाएको बताए।

‘सत्तारूढ दलका अरू मानिसहरू सत्ता सम्भावनाको बाँसुरी कुन धुनमा बजायो भने राम्ररी बज्छ भनिरहेका छन्,’ उनले भने, ‘जनताको दुःखमा नुन नछर्किनुस्। राष्ट्रिय अठोट आवश्यक छ। यो संकटबाट तपाईंहरूले पार लगाउनु हुन्न, मिलेर काम गरौं।’

सरकारसँग राजश्व उठाउन सक्ने क्षमता र योजना नभएको उनले बताए।

प्रकाशित मिति: १३:०८ बजे, शनिबार, जेठ २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्