आज देशैभर झरीको सम्भावना, भोलिबाट क्रमिक सुधार
काठमाडौं, जेठ २४ : जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलि (आईतबार) बिहानसम्म नै वर्षा हुने भएकाले सतर्क रहन आह्वान गरेको छ ।
अरब सागरमा बनेक....

काठमाडौं, जेठ २४ : जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलि (आईतबार) बिहानसम्म नै वर्षा हुने भएकाले सतर्क रहन आह्वान गरेको छ ।
अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले शुक्रबारदेखिको वर्षा भोलि बिहानसम्म नै जारी रहने महाशाखाले जनाएको हो । महाशाखाका अनुसार शुक्रवारदेखि नै मुलुकभर वर्षा भईरहेको छ ।
अहिले पनि मुलुकका अधिकांश भू भागमा वर्षा भइरहेको छ । प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षासँगै मेघगर्जन र चट्याङको पनि सम्भावना छ भने उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।











