Kathmandu Press

जुवाखालबाट पक्राउ परेका ९ व्यापारी थुनामुक्त

काठमाडौं, जेठ २३ : पाँच दिन अघि जुवा खालबाट पक्राउ परेका ९ व्यापारी थुना मुक्त भएका छन्। विशाल ग्रुपका मालिक अशोक अग्रवालसहित अन्य आठ जनालाई जिल्....

जुवाखालबाट पक्राउ परेका ९ व्यापारी थुनामुक्त

काठमाडौं, जेठ २३ : पाँच दिन अघि जुवा खालबाट पक्राउ परेका ९ व्यापारी थुना मुक्त भएका छन्। विशाल ग्रुपका मालिक अशोक अग्रवालसहित अन्य आठ जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले धरौटी लिएर तारेखमा छोडेको हो । 

प्रशासन कार्यालयले अग्रवाललाई ४० हजार र बाँकी ८ जनालाई जनही ३० हजारका दरले धरौटी लिएर छोडेको छ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले कमलादीको एक होटलबाट नगद र जुवासहित पक्राउ गरेको थियो।

प्रकाशित मिति: १८:४३ बजे, शुक्रबार, जेठ २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्