Kathmandu Press

काभ्रेका थप पाँच जनामा कोरोना संक्रमण

काभ्रे, जेठ २३ : काभ्रेको रोशी गाउँपालिका, पाँचखाल र पनौती नगरपालिकाका पाँच जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये रोशीको ३, पाँचखाल र पनौतीका एक/एक ....

काभ्रेका थप पाँच जनामा कोरोना संक्रमण

काभ्रे, जेठ २३ : काभ्रेको रोशी गाउँपालिका, पाँचखाल र पनौती नगरपालिकाका पाँच जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये रोशीको ३, पाँचखाल र पनौतीका एक/एक जना रहेका छन्। 

कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी जिल्ला कमान्ड पोस्टका अनुसार रोशीका तीनै संक्रमित क्वारेन्टाइनमा रहेका छन्।

पाँचखालका स‌ंक्रमित भने शुक्रबार नै क्वारेन्टाइनबाट घर गएका थिए। त्यस्तै पनौतीका संक्रमित धुलिखेल अस्पतालमा उपचारको लागि भर्ना भएका थिए।

प्रकाशित मिति: १४:४५ बजे, शुक्रबार, जेठ २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्