Kathmandu Press

अभिताभ र जया बच्चनले मनाए ४७औं विवाह उत्सव

काठमाडौं, जेठ २३ : बलिउड अभिनेता अभिताभ बच्चन र जया बच्चनले ४७औं विवाह उत्सव मनाएका छन्।

सन् १९७३ जुन ३ तारिखमा वैवाहिक सम्बन्धमा बाँधिएको य....

अभिताभ र जया बच्चनले मनाए ४७औं विवाह उत्सव

काठमाडौं, जेठ २३ : बलिउड अभिनेता अभिताभ बच्चन र जया बच्चनले ४७औं विवाह उत्सव मनाएका छन्।

सन् १९७३ जुन ३ तारिखमा वैवाहिक सम्बन्धमा बाँधिएको यो जोडी बलिउडको आर्दश दम्पत्ति मानिन्छ। यस अवसरमा अमिताभले सामाजिक सञ्जालमार्फत विवाह उत्सवको स्मरण गरेका छन्।

उनले ४७ वर्षअघि फिल्ममै काम गर्दा जयालाई भेटेका थिए। उनी अभिनित जञ्जिर फिल्ममा उनको अपोजिटमा जयाले अभिनय गरेकी थिइन्। यही फिल्मको सुटिङको क्रममा उनीहरू नजिकिएका थिए।

त्यसपछि उनीहरु विवाह बन्धनमा बाँधिएका थिए। ७७ वर्षमा हिडिरहेका अमिताभले फिल्म, टिभिमा कार्यक्रम प्रस्तोता, प्लेब्याक सिंगर तथा फिल्म निर्माण पनि गरेका छन्। बलिउड फिल्म उद्योगका बादशाह मानिने अभिताभ सामाजिक कार्यमा अग्रसर हुँदै आएका छन्।

त्यस्तै, जया पनि चर्चित अभिनेत्री हुन्। अहिले उनी समाजवादी पार्टीमा आवद्ध छिन्। उनी भारतको राज्यसभा सदस्य पनि हुन्।

उनीहरुका दुई सन्ता छन्, श्वेता नन्दा र अभिषेक। अभिनेत्री ऐश्वर्या रायलाई बुहारीको रुपमा भित्र्याएसँगै यो परिवार बलिउडको बलियो खम्बा बनेको छ।

 

प्रकाशित मिति: १३:१९ बजे, शुक्रबार, जेठ २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्