दमको बिरामी रहेका बृद्धको क्वारेन्टाइनमै मृत्यु
जुम्ला, जेठ २३ : जुम्लाको चन्दननाथ नगरपालिका ८ स्थित भैरव माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बिहीबार राति एक जनाको मृत्यु भएको छ। तीन दिन अधि बर्दिया....

जुम्ला, जेठ २३ : जुम्लाको चन्दननाथ नगरपालिका ८ स्थित भैरव माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बिहीबार राति एक जनाको मृत्यु भएको छ। तीन दिन अधि बर्दियाबाट आएका ६५ वर्षीय वृद्धको मृत्यु भएको हो।
दमको बिरामी रहेका वृद्धलाई उपचारको लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा मृत्यु भएको वडाअध्यक्ष रनजित परियारले बताए।मृत्युपछि उनको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गर्ने तयारी गरिएको छ।
पीसीआर कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र मृतकको शवको व्यवस्थापन गर्ने जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।
प्रकाशित मिति: १२:३९ बजे, शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











