Kathmandu Press

निसर्ग चक्रवातको प्रभावले देशभर वर्षा

काठमाडौं, जेठ २३ : अरब सागरमा उत्पन्न भएको निसर्ग चक्रवातको प्रभावले आज र भोलि देशभर वर्षाको सम्भावना रहेको छ। अधिकांश स्थानमा बिहानैदेखि वर्षा हुन था....

निसर्ग चक्रवातको प्रभावले देशभर वर्षा

काठमाडौं, जेठ २३ : अरब सागरमा उत्पन्न भएको निसर्ग चक्रवातको प्रभावले आज र भोलि देशभर वर्षाको सम्भावना रहेको छ। अधिकांश स्थानमा बिहानैदेखि वर्षा हुन थालेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, निसर्ग चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ। यी सबै प्रणाली सक्रिय अवस्थामा रहेकाले शनिबारसम्म देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र बागमती प्रदेशभरि तथा प्रदेश ५ का अधिकांश भूभागमा मध्यम वर्षा भइरहेको छ।
दिउँसो प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही वर्षाको हुने जनाएको छ।

त्यस्तै, प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार प्रदेश १, २, बागमती, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। यस्तै, गण्डकी, कर्णाली प्रदेश र प्रदेश ५ मा हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही र अन्य प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति: १०:३६ बजे, शुक्रबार, जेठ २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्