Kathmandu Press

‘प्रेक्षित’का चार कृति प्रकाशित

काठमाडौं, जेठ २२ : नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव  जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’का एकैसाथ चार कृति प्रकाशन भएका छन्। उ....

‘प्रेक्षित’का चार कृति प्रकाशित

काठमाडौं, जेठ २२ : नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव  जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’का एकैसाथ चार कृति प्रकाशन भएका छन्। उपाध्यायका ‘आरम्भ’ हाइकुसङ्ग्रह, ‘म, माटो र मुटु’ कवितासंग्रहका साथै ‘काव्य परिशीलन’ र ‘आलोचनात्मक भूमिकाहरू’ शीर्षक दुई  समालोचनासंग्रह प्रकाशन भएका हुन्।

हाइकुसंग्रहमा २११ हाइकु समाविष्ट छन्। समसामयिक राजनीतिक एवम् सामाजिक विषय परिवेशमा आधारित भई विसं २०४९ देखि २०७५ का अवधिमा रचित हाइकुमध्येबाट छनोट गरी संग्रहमा समावेश गरिएको जनाइएको छ। त्यस्तै कवितासंग्रहमा राष्ट्रप्रेम, देशको साँधसिमाना, राजनीतिका साथै सामाजिक संरचना आदि विषयमा रचिएका ४० कविता समावेश गरिएका छन्।

यसै गरी समालोचनात्मक कृति ‘काव्य परिशीलन’मा विभिन्न समयमा लेखिएका ‘छन्दसिद्धान्त र नेपाली छन्दकविता परम्परा’ लगायत अनुसन्धानपरक १२  समालोचना समाविष्ट छन्। उक्त कृतिमा नेपाली कवितामा मध्यपश्चिम क्षेत्रको इतिहास र योगदानको विहङ्गम समालोचना गरिएको छ। दैलेखी न्याउला गीतमा सामाजिक चेत, दुल्लु क्षेत्रमा प्रचलित भैनीका साथै सबै प्रकारका कवितासँग सम्बन्धित अध्ययन ‘काव्यपरिशीलन’मा समेटिएका छन्।  

 ‘आलोचनात्मक भूमिकाहरू’ विभिन्न समयमा विभिन्न स्रष्टाका कृतिमाथि लेखिएका २१ भूमिका एवम् समीक्षाको संग्रह हो।  सबै कृति मकालु प्रकाशन गृहद्वारा प्रकाशन भएका हुन्।

प्रकाशित मिति: १९:२९ बजे, बिहीबार, जेठ २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्