Kathmandu Press

रूकुम पश्चिमको सोती घटनाका आरोपितलाई थप १० दिन थुनामा राख्न अनुमति

रुकुम पश्चिम,  जेठ २२ :  रूकुम पश्चिमको सोती घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। 

जिल्ला अदालत ....

रूकुम पश्चिमको सोती घटनाका आरोपितलाई थप १० दिन थुनामा राख्न अनुमति

रुकुम पश्चिम,  जेठ २२ :  रूकुम पश्चिमको सोती घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। 

जिल्ला अदालत रुकुम पश्चिमले बिहीबार चौरजहारी नगरपालिका–८, सोतीमा गत जेठ १० गते भएको घटनाका १८ जना अभियुक्तलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

जिल्ला प्रहरी कार्यालयले ११ दिनको म्याद माग गरेकामा अदालतले अभियुक्तलाई १० दिन हिरासतमा राखेर घटनाको अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए। 

मृतकका परिवारले घटनामा संलग्न रहेको भन्दै २० जनाका नाममा किटानी जाहेरी दिएपछि प्रहरीले चौरजहारी–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित दुई पटक गरी १८ जनालाई पक्राउ गरेको छ। दुई जना भने हालसम्म पक्राउ पर्न सकेका छैनन्। घटनामा ६ जनाको निधन भएको थियो।

पहिलो पटक थप गरिएको १० दिनको म्याद सकिएपछि घटनाको थप अनुसन्धान आवश्यक रहेकाले दोस्रो पटक म्यादका लागि अदालतसमक्ष माग गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए। रासस

प्रकाशित मिति: १८:५० बजे, बिहीबार, जेठ २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्