Kathmandu Press

आफूखुशी बजार खोल्दा कोरोनाको संक्रमण फैलिन सक्छ : मुख्यमन्त्री पोखरेल

रुपन्देही, जेठ २२ : प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफूखुशी बजार खोल्दा कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्ने बताएका छन्।

....

आफूखुशी बजार खोल्दा कोरोनाको संक्रमण फैलिन सक्छ : मुख्यमन्त्री पोखरेल

रुपन्देही, जेठ २२ : प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफूखुशी बजार खोल्दा कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले अहिलेसम्म कोभिड–१९ समुदायस्तरमा नफैलिएका कारण आफूखुशी बजार खोल्दा संक्रमण फैलिए त्यसको जिम्मेवार को बन्ने भन्दै प्रश्न गरेका छन्।

'क्वारेन्टाइन र लकडाउनका कारण कोभिड–१९ समुदायमा फैलिएको छैन। आफूखुशी बजार खोल्दा समुदायमा फैलिए त्यसको जिम्मा कसले लिने? गम्भीर बनौँ,'मुख्यमन्त्री पोखरेलले भने। 

मुख्यमन्त्री पोखरेलले बन्दाबन्दीको ढाँचा परिवर्तन गर्दा विशेष ध्यान दिनुपर्ने उनले बताएका छन्। “सामाजिक दूरी, विदेशवाट आउनेको व्यवस्थापन, सङ्क्रमितको पहिचान र उपचारमा कुनै समस्या नआउने हुनुपर्छ,”उनले भने।
 
प्रकाशित मिति: १८:४६ बजे, बिहीबार, जेठ २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्