Kathmandu Press

दोषीलाई पक्राउ नगरेसम्म आन्दोलन जारी राख्ने नेपाल मेडिकल कलेजका चिकित्सकको निर्णय

काठमाडौं, जेठ २२ : नेपाल मेडिकल कलेजका चिकित्सकहरुले आन्दोलन जारी राख्ने भएका छन्। उपचारको क्रममा बिरामीको मृत्यु भएपछि मृतकको आफन्तले चिकित्सकमाथि हा....

दोषीलाई पक्राउ नगरेसम्म आन्दोलन जारी राख्ने नेपाल मेडिकल कलेजका चिकित्सकको निर्णय

काठमाडौं, जेठ २२ : नेपाल मेडिकल कलेजका चिकित्सकहरुले आन्दोलन जारी राख्ने भएका छन्। उपचारको क्रममा बिरामीको मृत्यु भएपछि मृतकको आफन्तले चिकित्सकमाथि हातपात गरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन्।

जेठ १४ गते अस्पतालमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले उपचारमा संलग्न चिकित्सकमाथि हातपात गरेका थिए। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार भएको सम्झौतामा आफुहरुलाई समावेश नगरिएको भन्दै आान्दोलनरत चिकित्सकहरुले उक्त सम्झौता मान्य नहुने बताएका छन्। साथै आन्दोलन जारी राख्ने बताएका छन्। 

सम्झौताले पीडित चिकित्सकको मागलाई सम्बोधन गर्ने खालको स्पष्ट धारणा नभएको  र आन्दोलन तुहाउने पपञ्च मात्रै भएको आन्दोलनरत चिकित्सकहरुका् भनाई छ। 

दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरा ल्याउनुपर्ने आन्दोलनरत चिकित्सकहरुको माग छ।

प्रकाशित मिति: १८:२२ बजे, बिहीबार, जेठ २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्