बलिउडका निर्देशक बासु चटर्जीको निधन
काठमाडौं, जेठ २२ : बलिउडका वरिष्ठ निर्देशक बासु चटर्जीको ९३ वर्षको उमेरमा निधन भएको छ।
भारतीय फिल्म तथा टेलिभिजन निर्देशक संघका अध्यक्....

काठमाडौं, जेठ २२ : बलिउडका वरिष्ठ निर्देशक बासु चटर्जीको ९३ वर्षको उमेरमा निधन भएको छ।
भारतीय फिल्म तथा टेलिभिजन निर्देशक संघका अध्यक्ष अशोक पण्डितले ट्वीटरमार्फत चटर्जीको निधनको पुष्टि गरेका छन्। अध्यक्ष पण्डितले चटर्जीको निधनले बलिउड उद्योगमा ठूलो धक्का पुगेको बताए।
लामो समयदेखि बिरामी रहेका उनको मुम्बईस्थित घरमै बिहीबार निधन भएको हो। उनले ‘रजनीगंधा’, ‘छोटी सी बात’, ‘बातों बातों में’, ‘चमेली की शादी’ लगायत फिल्म निर्देशन गरेका छन्।
उनले ‘पिया का घर’, ‘उस पार’, ‘चितचोर’, ‘स्वामी’, ‘खट्टा मीठा’, ‘प्रियतमा’, ‘चक्रव्यूह’, ‘जीना यहां’, ‘अपने प्यारे’, लगायतका सिनेमा निर्देशन गरी सन् १९७० देखि ८० दशकमा उनले बलिउडलाई निर्देशनमार्फत मार्गदर्शन दिएका थिए।
१९६९ को फिल्म ‘सारा आकाश’ फिल्मबाट उनले बेस्ट स्क्रीनप्ले विधामा फिल्मफेयर अवार्ड जितेका थिए।












