बारा र पर्साका १२ संक्रमित डिस्चार्ज
काठमाडौं, जेठ २२ : पर्सा र बाराका १२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। वीरगञ्जस्थित नारायणी अस्पतालको गण्डक कोभिड अस्पतालबाट पाँच जना &....

काठमाडौं, जेठ २२ : पर्सा र बाराका १२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। वीरगञ्जस्थित नारायणी अस्पतालको गण्डक कोभिड अस्पतालबाट पाँच जना र कलैया अस्पतालबाट सात जना डिस्चार्ज भएका हुन्।
लगातार दुई पटकसम्म गरीएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
डिस्चार्ज हुनेमा पर्साका ३ जना र बाराका २ जना नेपाली सेनाका सैनिक रहेका छन्।
त्यस्तै कलैया अस्पतालबाट ६ जना प्रहरी कर्मचारी र एक जना पत्रकार कोरोना जितेर घरडिस्चार्ज भएका हुन्।
उनीहरुलाई दुवै अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीले फूलको गुच्छा दिएर अस्पतालबाट विदाइ गरेका थिए।
प्रकाशित मिति: १४:५८ बजे, बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

