Kathmandu Press

बौद्ध जोरपाटीलगायत काठमाडौंका अधिकांश पसल खुला

काठमाडौं, जेठ २२ : बौद्ध, जोरपाटी तथा नारायणटारका  पसल खुल्न थालेका छन्। गत चैत ११ गतेदेखि जारी लकडाउन लम्बिँदै गएपछि व्यवसायीले जीविकोपार्जन गर्....

बौद्ध जोरपाटीलगायत काठमाडौंका अधिकांश पसल खुला

काठमाडौं, जेठ २२ : बौद्ध, जोरपाटी तथा नारायणटारका  पसल खुल्न थालेका छन्। गत चैत ११ गतेदेखि जारी लकडाउन लम्बिँदै गएपछि व्यवसायीले जीविकोपार्जन गर्न कठिन भएको भन्दै पसल खोल्न थालेका हुन्।

आयआर्जनको बाटो रोकिएको र परिवार पाल्नसमेत मुश्किल परेको जनाउँदै ती स्थानका व्यवसायीले पसल खोल्न थालेका हुन्।  कर, घरभाडा, बैंकको किस्ता र कर्मचारीको तलब भुक्तानी गर्न समस्या भएकाले पसल खुल्ला गरेको नारायणटारका व्यापारी सुनिल सापकोटाले बताए।

'हामीले अहिलेसम्म सरकारको निर्णयलाई स्वागत गर्दै सहयोग गर्दै आयौँ तर अब सकिने अवस्था छैन, घरभाडा, कर्मचारीको खाना खर्च, करलगायतको पैसा तिर्ने भनेकै पसल सञ्चालनपछि नै हो' उनले भने।

जोरपाटीमा कपडा व्यवसाय गर्दै आएका लक्ष्मण दुलाल भन्छन्, 'भोकै पर्नुपर्ने अवस्था आएकाले पसल खोल्न थालेका हौं। सामाजिक दूरी कायम गरेका छौं।'

बैंकबाट लिएको ऋणको ब्याज तिर्न नसक्दा दिनदिनै ऋणको भार थपिँदै गएको तथा परिवारसमेत भोकै पर्ने अवस्था आएपछि पसल खोल्न बाध्य भएको व्यवसायीको भनाइ छ। अहिले सो क्षेत्रमा कपडा, जुत्ताचप्पल, बिजुली, हार्डवेयरलगायत पसल खुलेका छन्।

साथै, न्युरोडलगायतका स्थनहरुका पसलहरु पनि आजदेखि खुल्न थालेका छन्।

प्रकाशित मिति: १४:१६ बजे, बिहीबार, जेठ २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्