Kathmandu Press

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौला र मुटु राेगीकाे उपचार सेवा बन्द गर्ने

बुटवल, जेठ २२ : बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौला रोगीको डायलायसिस तथा मुटुको निःशुल्क उपचार सेवा बन्द गर्ने घोषणा गरेको छ।&....

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौला र मुटु राेगीकाे उपचार सेवा बन्द गर्ने

बुटवल, जेठ २२ : बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौला रोगीको डायलायसिस तथा मुटुको निःशुल्क उपचार सेवा बन्द गर्ने घोषणा गरेको छ। 

अस्पतालको नवीकरणका विषयमा भएको सरकारी अलमलका कारण सरकारले बिरामीको निःशुल्क उपचारबापत उपलब्ध गराउँदै आएको रकम लामो समयसम्म पनि निकासा हुन नसक्दा अस्पतालमा आर्थिक संकट परेकाले असार १ गतेदेखि सेवा बन्द गर्ने घोषणा अस्पतालले गरेको हो। 

हाल प्रदेश नं ५ मा साढे ६ सयको हाराहारीमा मिर्गौलाका बिरामी छन्। विपन्न वर्गका नागरिकलाई उपचार दिने सरकारबाट सूचीकृत सो अस्पतालमा मात्र साढे तीन सय  बिरामीले निःशुल्क डायलायसिस सेवा लिँदै आएका छन्।

अस्पतालले ११ महिना बितिसक्दा पनि सरकारबाट पाउनुपर्ने रकम पाउन नसकेको अध्यक्ष एजाज आलमले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए। हाल अस्पताललाई सरकारले विपन्न वर्गका नागरिकको उपचारमा दिएको सहुलियतवापतको सात करोड ७५ लाख रुपैयाँ निकासा हुन बाँकी नै रहेको उनले बताए।

उनका अनुसार चालु आर्थिक वर्षकै रकम नेपाल सरकारबाट भुक्तानी हुन नसक्दा बिरामीको उपचारका लागि चाहिने औषधि अभाव भएको छ। साथै  बिरामीको डायलायसिसका लागि आवश्यक डाइलाइजर, फ्लुड, हेपारिन, ट्युब, फिस्टुलालगायत सामग्री उपलब्ध गराउने सप्लायर्सले समेत सामान दिन बन्द गरेका कारण अस्पतालमा रहेको मौज्दातसमेत सकिने स्थितिमा रहेको उनको गुनासो थियो। उनले भने, 'बिरामीको उपचार सेवा रोक्ने अस्पतालको मनशाय नहुँदा नहुँदै पनि सरकारबाट भुक्तानी हुनुपर्ने रकम रोकिँदा अस्पताल चर्को आर्थिक संकटमा पुगेको छ।' 

उक्त अस्पतालका डायलायसिस सेण्टर रहेका बुटवलमा २०, दाङ, लमहीमा १० र  पाल्पाको तानसेनमा १०  गरी ४० यन्त्रबाट बिरामीले नियमित डायलायसिस सेवा लिँदै आएका छन्  यस्तै स्याङ्जाको वालिङमा १० यन्त्र जडान गरी सेण्टर सञ्चालनको तयारी रहेको तर लकडाउनको कारण केही ढिलाइ भएको अध्यक्ष आलमले बताए।

प्रकाशित मिति: १३:३५ बजे, बिहीबार, जेठ २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्