Kathmandu Press

विराटनगरस्थित कोसी अस्पतालबाट २८ जना डिस्चार्ज हुँदै 

विराटनगर, जेठ २२ : विराटनगरस्थित कोसी अस्पतालबाट २८ जना कोरोना संक्रमित निको भएका छन्। बिहीबार २८ जनाको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनीहरुलाई डिस्....

विराटनगरस्थित कोसी अस्पतालबाट २८ जना डिस्चार्ज हुँदै 

विराटनगर, जेठ २२ : विराटनगरस्थित कोसी अस्पतालबाट २८ जना कोरोना संक्रमित निको भएका छन्। बिहीबार २८ जनाको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनीहरुलाई डिस्चार्ज गर्ने तयारी थालेको छ।

डिस्चार्ज हुनेहरुमा उदयपुरका ४, झापाका ७, मोरङका ६, सुनसरीका ४, सप्तरीका २ धनकुटाका ४ र खोटाङका एक जना  रहेका छन्। जसमध्ये ६ जनामहिला र २२ पुरुष छन्।

योसँगै प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या ७६ पुगेको छ।

प्रकाशित मिति: १२:५७ बजे, बिहीबार, जेठ २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्