आलियाले यसरी खुलाएकी थिइन रणवीरसँगको प्रेम
काठमाडौं, जेठ २२ : बलिउडका स्टार रणवीर कपूर र आलिया भट्ट अहिले चर्चामा छन्। रणवीर र आलिया अहिले सगँसँगै बस्न थालेपछि भारतीय मिडियाले चर्चामा ल्याएका छ....

काठमाडौं, जेठ २२ : बलिउडका स्टार रणवीर कपूर र आलिया भट्ट अहिले चर्चामा छन्। रणवीर र आलिया अहिले सगँसँगै बस्न थालेपछि भारतीय मिडियाले चर्चामा ल्याएका छन्।
उनीहरुले प्रेम सम्बन्धमा रहेको सार्वजनिक पनि गरेका छन्। यहिवेला उनीहरुको एउटा पूराना भिडियो क्लिप पनि भाइरल बनिरहेको छ। जसमा पहिलो पटक आलियाले रणवीरसँगको प्रेमसम्बन्धबारे खुलाएकी थिइन्।
यो भिडियो फिल्म फेयर अवार्डको हो। फिल्म राजीबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेपछि उनले रणवीरका बारेमा बोलेकी थिइन्। उनले नाम नखुलाएर आफ्ना प्रेमीलाई सम्झेकी थिइन्। उनले बोल्दा रणवीर लजाएका थिए।
रणवीरसँग बसिरहेका रणवीर सिँह र दिपीका पादुकोणेले पनि जिस्काएका थिए। उनीहरुले हाँस्दै आँखा झिम्काएका थिए।
त्यतिवेला रणवीरले पनि फिल्म सन्जुबाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए। त्यसपछि उनीहरुको प्रेम सम्बन्धका विषयमा चर्चा सुरु भएको थियो।
रणवीर र आलियाले पहिलो पटक फिल्म ब्रह्मास्त्रमा स्क्रिन सेयर गरेका थिए। जसमा अमिताभ बच्चन, नागार्जुना अक्किनेनी, डिम्पल कपाडिया र मौनी रोयको पनि अभिनय रहेको थियो।









-1783580717.jpeg)
