Kathmandu Press

तातोपानी नाकाबाट उठ्यो एक अर्ब २७ करोड २६ लाखको राजश्व

मेलम्ची, जेठ २२ : निजी क्षेत्रले कोरोना भाइरस संक्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजश्व संकलनमा....

तातोपानी नाकाबाट उठ्यो एक अर्ब २७ करोड २६ लाखको राजश्व
फाइल फोटो

मेलम्ची, जेठ २२ : निजी क्षेत्रले कोरोना भाइरस संक्रमण रोकथाम र उपचारका लागि स्वास्थ्य सामग्रीको आयात गरेसँगै तातोपानी भन्सार कार्यालयको राजश्व संकलनमा सकरात्मक प्रभाव देखिएको छ।

तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार गत सोमबारसम्ममा चालू वर्षको राजश्व एक अर्ब २७ करोड २६ लाख रुपैयाँ संकलन भएको छ। गत फागुनसम्ममा एक अर्ब आठ करोड ९५ लाख रुपैयाँ राजश्व संकलन भएको थियो। गत चैत २६ गतेदेखि अहिलेसम्म १८ करोड ३१ लाख रुपैयाँ राजश्व असुली भएको छ। यही जेठमा मात्र १२ करोड ७५ लाख राजश्व संकलन भएको छ। सरकारले स्वास्थ्य सामग्रीको आयातमा भने भन्सार शुल्क मिनाहा गरेको छ।

गत चैत २६ देखि सो भन्सार पुनः सञ्चालनमा ल्याइएको थियो। सो नाकाबाट सबैभन्दा बढी कोभिड–१९ रोकथाम र परीक्षणसँग सम्बन्धित सामग्री आयात भएको छ। लकडाउन जारी रहँदा एक अर्ब ७८ करोड २५ लाख २७ हजार रुपैयाँको सामान भित्रिएको छ।  

उनले औषधि, कृषि सामग्री, मेसिनरी, एम्बुलेन्स र स्याउ तथा लसुन गरी उक्त मूल्यको सामान भित्रिएको जानकारी दिए। भन्सार कार्यालयका अनुसार २६ चैतदेखि  एक अर्ब ६२ करोड १२ लाख रुपैयाँको स्वास्थ सामग्री मात्र आयात भएको छ।

यस्तै यस अवधिमा ११ करोड २० लाख रुपैयाँको स्याउ र लसुन चार करोड ४४ लाख रुपैयाँको धानको बीउ, ८२ लाख रुपैयाँको कृषि सामग्री र ४९ लाख रुपैयाँको एम्बुलेन्स आयात भएको छ।

प्रकाशित मिति: १२:०३ बजे, बिहीबार, जेठ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्