Kathmandu Press

बलिउड फिल्म छायांकनमा ६५ वर्षभन्दा माथिका कलाकारलाई प्रतिबन्ध

काठमाडौं, जेठ २२ : लकडाउनकै बीच पनि बलिउड फिल्म छायांकन सुरु गरिने भएको छ। अहिले फिल्म छायांकन गर्दा भने ६५ वर्षभन्दा माथिका कलाकारलाई प्रतिबन्ध लगाएक....

बलिउड फिल्म छायांकनमा ६५ वर्षभन्दा माथिका कलाकारलाई प्रतिबन्ध

काठमाडौं, जेठ २२ : लकडाउनकै बीच पनि बलिउड फिल्म छायांकन सुरु गरिने भएको छ। अहिले फिल्म छायांकन गर्दा भने ६५ वर्षभन्दा माथिका कलाकारलाई प्रतिबन्ध लगाएको छ।

६० वर्षभन्दा माथि उमेरका व्यक्तिलाई कोरोना भाइरस संक्रमणको जोखिम बढी हुने भएकाले बलिउडमा तत्कालका लागि ६५ वर्षभन्दा माथिका कलाकारलाई छायांकनमा प्रतिबनध लगाएको जनाएको छ। कलाकारको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर महारष्ट्र सरकारले सुटिङमा ६५ वर्षभन्दा माथिको समूहलाई सहभागि नगराउने निर्णय गरेको हो।

Hardik ivf

महाराष्ट्र सरकारको निर्णयसँगै जुन २० देखि मुम्बईमा फिल्म सुटिङ गर्न सकिने भएको छ। कलाकारले भने यो निर्णय उचित नभएको टिप्पणी गरेका छन्।

वरिष्ठ अभिनेता राजा मुरादले यस्तो निर्णय व्यवहारिक नभएको भन्दै सिनेमामा आमाबाबुको भूमिका लागि सिनियर कलाकार नै आवश्यक रहने बताएका छन्। भारतीय फिल्म क्षेत्रमा धेरै कलाकार यो समूहका छन्। जसमा अमिताभ बच्चन, प्रेम चोपडा, रेखा, शक्ति कपूर, मिथुन चक्रवर्तीलगायत वरिष्ठ कलाकारहरु अहिले पनि यस क्षेत्रमा सक्रिय छन् ।

उनले यो निर्णय संविधान विपरीत भएको भन्दै आक्रोश समेत पोखेका छन्। अब के अमिताभ बच्चनलाई पनि काम नगर भन्ने खोजेको हो भनेर प्रश्न गरेका छन्।

 

प्रकाशित मिति: १०:५३ बजे, बिहीबार, जेठ २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्