नेपाल सम्वत् ११४७ को अवसरमा विशिष्ट व्यक्तित्व सम्मानित
सिंफ नेवाः खलःद्वारा मंगलबार आयोजित ‘न्हुदँया भिंतुना र्याली व ज्याझ्वलय् हनेगु खँय्’ कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो।
काठमाडौं, कात्तिक २४ : नेपाल सम्वत् ११४७ को अवसरमा नेपाल भाषा र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा योगदान पुर्याउने नौ जना विशिष्ट व्यक्तित्व सम्मानित भएका छन् ।
सिंफ नेवाः खलःद्वारा मंगलबार आयोजित ‘न्हुदँया भिंतुना र्याली व ज्याझ्वलय् हनेगु खँय्’ कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो।
कार्यक्रममा हितकर वीर सिंह कसाः, तुलसी नारायण खमु श्रेष्ठ, प्रा. दिनेश राज पन्त, प्रा. डा. चुन्दा बज्राचार्य, राजु शाक्य, अमृत नारायण मानन्धर, कुमार रञ्जित, प्रा. डा. अमिता प्रधान शाक्य र पुरुषोत्तम महर्जनलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
नेपाल सम्वत् नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा नेपाल भाषा, कला, संस्कृति तथा सम्पदाको संरक्षणमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको हो ।
प्रकाशित मिति: १८:३६ बजे, मंगलबार, कात्तिक २४, २०८३
थप समाचार





