कोरोनाको बेला नेपालमा वाक स्वतन्त्रता कुण्ठित भएको राष्ट्र संघीय उच्च आयोगको ठहर
काठमाडौं, जेठ २२ : सयुक्त राष्ट्र संघीय मानवअधिकार उच्चाआयुक्तको कार्यालयले कोरोनामा समाचार संकलन गर्नेक्रममा नेपाली पत्रकारहरुले राज्यको दवावका कारण ....

काठमाडौं, जेठ २२ : सयुक्त राष्ट्र संघीय मानवअधिकार उच्चाआयुक्तको कार्यालयले कोरोनामा समाचार संकलन गर्नेक्रममा नेपाली पत्रकारहरुले राज्यको दवावका कारण समस्या भोग्नु परेको जनाएको छ ।
बुधबार कोभिड १९ का बेला एसियामा वाक स्वतन्त्रताका विषयमा जारी गरएको एसिया रिपोर्टमा नेपाली पत्रकारहरु हिरासतमा लिईएको, कोभिड रोकथामका विषयमा नागरिकहरुले गरेको प्रश्नका आधारमा साइबर कानुन मार्फत कडा कारबाही गरेको र पत्रकारहरुलाई कोरोनाको समाचार संकलन गर्ने क्रममा अवरोध गरी हिरासतमा समेत लिएको उल्लेख गरिएको छ।
रिपोर्टमा पत्रकारहरुले राज्यबाट भौतिक कारबाही र धम्कीको समेत समाना गर्नुपरेको उल्लेख गरिएको छ । एक जना पूर्व कर्मचारीलाई कोरोना रोकथामका सरकारले गरेको फितलो तयारीका विषयमा प्रश्न गर्दा कडा साईबर कानुन लगाएर कारबाही गरिएको पनि रिपोर्टमा उल्लेख छ ।











