Kathmandu Press

कोरोनालाई जितेर घर फर्किइन् ६ वर्षीया बालिका 

काठमाडाैं, जेठ २१ :  कपिलवस्तुकी ६ वर्षीया बालिका कोरोनालाई जितेर घर फर्केकी छिन्।

कोरोनाको संक्रमण भेटिएपछि महाराजगञ्जस्थित त्रिभ....

कोरोनालाई जितेर घर फर्किइन् ६ वर्षीया बालिका 
फाइल

काठमाडाैं, जेठ २१ :  कपिलवस्तुकी ६ वर्षीया बालिका कोरोनालाई जितेर घर फर्केकी छिन्।

कोरोनाको संक्रमण भेटिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल  भर्ना भएकी बालिका बुधबार अस्पतालबाट डिस्चार्ज भएकी हुन्।

जेठ १२ र १७ गते दुई पटक पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज भएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेम खड्गाले जानकारी दिए।  शल्यक्रियापछि ती बालिकालाई श्वास फेर्न सहज भएको र कोरोनाबाट पनि मुक्त भई स्वास्थ्यलाभ भएकाले बालिकालाई घर पठाइएको उनले जानकारी दिए।

श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि गत वैशाख ३० गते अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना भएकी ती बालिकाको पिसिआर परीक्षणबाट कोरोना भाइरस पुष्टि भएपछि अस्पतालको आइसोलेसन भवनमा राखेर उपचार गरिएको थियो। 
 

प्रकाशित मिति: २०:०९ बजे, बुधबार, जेठ २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्