Kathmandu Press

प्रदेश २ मा कोरोना संक्रमित ८५९ पुगे

जनकपुर, जेठ २१ : प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८५९ पुगेको छ।

पछिल्लो २४ घण्टामा तीन महिलासहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएप....

प्रदेश २ मा कोरोना संक्रमित ८५९ पुगे

जनकपुर, जेठ २१ : प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८५९ पुगेको छ।

पछिल्लो २४ घण्टामा तीन महिलासहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि बुधबार संक्रमितको संख्या ८५९ पुगेकाे हो। 

सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेका अनुसार महोत्तरीमा नौ जना, सर्लाहीमा १५ जना, रौतहटमा ११ जना, पर्सामा सात जना, सप्तरी र सिरहामा एक-एक जना गरी ४४ जना नयाँ संक्रमित थपिएको हो।

जनकपुरस्थित प्रादेशिक अस्पतालमा स्वाबको परीक्षणका लागि जडान गरिएको रियल टाइम मेशिनबाट दुई दिनमा २४२ वटा स्वाबको नमूना परीक्षण गरिएकामा नौ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको सचिव डा घिमिरेले जानकारी बताए।  

स्वाब र क्वारेन्टिनको अवस्था

यस प्रदेशमा स्वाबको नमूना सङ्कलन कार्यलाई तीव्र पारिएको छ। बुधबार अपराह्नसम्म ९७४ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ।

प्रदेशमा अहिलेसम्ममा १७ हजार ५२९ को स्वाबको नमूना सङ्कलन गरिएकामा १० हजार ६२३ को रिपोर्ट नेगेटिभ आएको छ र छ हजार ७० जनाको रिपोर्ट आउन बाँकी रहेको छ। अहिलेसम्म सात हजार ७४७ को आरडिटी परीक्षण गरिएकामा १०८ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

प्रदेशमा अहिलेसम्म ४०४ वटा क्वारेन्टिन सञ्चालनमा आएको र सो क्वारेन्टिनमा ३० हजार ७०६ वटा श्ययाको व्यवस्था गरिएको छ। यतिखेर, २३ हजार ३३३ जना क्वारन्टिनमा, छ हजार ३१ जना होम क्वारेन्टिनमा र ५८३ जना आइसोलेसनमा बसेका छन्। रासस

प्रकाशित मिति: १९:१९ बजे, बुधबार, जेठ २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्