क्वारेन्टाइनमा बसेका मानिसले गरे प्रशासकीय अधिकृतमाथि हातपात
दैलेख, जेठ २१ : भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टाइनमा बसेकाहरुले आज हातपात गरेका छन्। गाउँपालिका ४ मा बसेकाहरुले क्वारेन्टाइनम....

दैलेख, जेठ २१ : भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि क्वारेन्टाइनमा बसेकाहरुले आज हातपात गरेका छन्। गाउँपालिका ४ मा बसेकाहरुले क्वारेन्टाइनमा उचित व्यवस्थापन नभएको आरोप लगाउँदै प्रशासकीय अधिकृतमाथि हातपात हुन्।
भारतबाट आएका करीब १०० जिल्लाबासी सो क्वारेन्टाइनमा एक हप्तादेखि बस्दै आएका छन्।
उचित खालको व्यवस्थापन नगरेको जनाउँदै गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा बस्नेहरुले अधिकृत हीरासिंह थापामाथि कुटपिट गरेको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिए।
अध्यक्ष बुढाका अनुसार पालिकाको क्वारेन्टाइनमा एक हजार ६०० सयभन्दा बढी भारतबाट आएका जिल्लाबासी बस्दै आएका छन्। केही दिन अगाडि गाउँपालिका–३ को एक विद्यालयको क्वारेन्टाइनमा बसेकाहरुले स्थानीय सरकारले राम्रो व्यवस्थापन नभएको भन्दै गाउँपालिका घेराउ गरेका थिए।











