बुटवलको कोरोना अस्पतालबाट चार जना डिस्चार्ज
बुटवल, जेठ २१ : प्रदेश नं ५ मा कोरोना भाइरस संक्रमणसँगै निको हुनेको संख्या पनि बढ्दै गएको छ।
बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट....

बुटवल, जेठ २१ : प्रदेश नं ५ मा कोरोना भाइरस संक्रमणसँगै निको हुनेको संख्या पनि बढ्दै गएको छ।
बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट आज एक स्वास्थ्यकर्मीसहित चार जना निको भएर घर फर्किएका छन्।
यससँगै प्रदेशमा ७९ जना संक्रमित निको भएर घर फर्किसकेका छन्।
कपिलवस्तुका तीन र कोरोना अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी निको भएर घर फर्किएको अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा सुदर्शन थापाले जानकारी दिए। निको हुनेमा अर्घाखाँची तथा कपिलवस्तुका मायादेवी, बुद्धभूमि र यशोधरा गाउँपालिकाका छन्।
उनीहरू सबै गत वैशाख २९ गते अस्पतालमा भर्ना भएको डा थापाले बताए। यससँगै धागो कारखानाको अस्पतालबाट निको भएर घर फर्किनेको संख्या १९ पुगेको छ।











