Kathmandu Press

‘तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यवहारिक’

काठमाडौं, जेठ २१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा पनि सरकारले बन्दाबन्दी सयमभित्रै तत्क....

‘तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यवहारिक’

काठमाडौं, जेठ २१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा पनि सरकारले बन्दाबन्दी सयमभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यवहारिक भएको जनाएको छ।

कांग्रेस संसदीय दलले बुधबार विज्ञप्तिमार्फत बन्दाबन्दीबाट बन्द सानादेखि ठूला उद्योगधन्दाका साथै श्रमिकवर्ग र कृषकका लागि विशेष राहत प्याकेज व्यवस्था गर्नुपर्नेमा त्यसविपरीत करका लागि ताकेता गर्नु गैरजिम्मेवारपन भएको आरोप लगाउँदै उक्त कदम तत्काल सच्चाउन सरकारसँग माग गरेको छ।

पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले नागरिकलाई  सुरक्षाको प्रत्याभूति दिलाउनु राज्यको प्रमुख दायित्व भएको पनि विज्ञप्तिमा स्मरण गराएका छन्।

प्रकाशित मिति: १२:५३ बजे, बुधबार, जेठ २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्